ताजा समाचार
सूचना
- रकम र योजना खुल्ने निवेदन
- प्राविधिक स्टिमेट (लागत अनुमान)
- कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
- नापी किताब र योजना किताब
- खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु.२ लाखभन्दा माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
- उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपीहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
- योजनाको प्रष्ट देखिने फोटोहरु
- अनुगमन समितिको प्रतिवेदन
- आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
- सम्बन्धित वडा कार्यालयको सिफारिश
- ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
- डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
- रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोेटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको हुनुपर्नेछ ।
भूमे गाउँपालिका नेपालको संविधानको धारा २९५(३) बमोजिम कायम भएको एक स्थानीय तह हो । स्थानीय तह निर्वाचन, २०७४ को दोस्रो चरणमा मिति २०७४ असार १४ गतेको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भई कार्यभार समेत सम्हालिरहेको अवस्था छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४ फाल्गुन ९ गतेको निर्णयानुसार नेपालको संविधानको धारा ३०२ बमोजिम स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न यस गाउँपालिकाको केन्द्र तत्काललाई साविकको मोराबाङ गाविसको कार्यालय रहेको स्थान (भूमे ३ सिमा) तोकिए बमोजिम सोही स्थानबाट हालसम्म गाउँ कार्यपालिकाको कार्यालय सञ्चालित रहेको अवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (५) मा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकको लागि नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिश बमोजिम नाम वा केन्द्र गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ । उपर्युक्त विषयमा हाल कार्यालय रहेको स्थान भूमे गाउँपालिका वडा नं. ३ सिमा, वडा नं. २ खाबाङ बगर, वडा नं. ६ महतमा केन्द्र तोकिनु पर्ने भनी यस कार्यालयमा प्रस्ताव दर्ता भएकोले सभाबाट पारित गर्नु अघि सहमतीय प्रणालीबाट समाधान गर्न यो सूचना आव्हान गरिएको मितिले ७ (सात) दिनभित्र केन्द्रको सम्बन्धमा सहमती गरी यस कार्यालयमा दर्ता गर्नु हुन अनुरोध गर्दछु । सहमतीय माध्ययमबाट टुङ्गो लाग्न नसकेमा सहमतीको म्यादपछि भूमे गाउँसभा सञ्चालन कार्यविधि २०७४ बमोजिम गाउँसभाद्वारा प्रक्रियागत ढङ्गले केन्द्रको टुङ्गो लगाई समस्या समाधान गर्न प्रक्रिया अघि बढाइने व्यहोरा सबै पदाधिकारीज्यूहरुमा अनुरोध गर्दछु ।
मितिः २०७४।०८।ञ३
रामसुर बुढा मगर
अध्यक्ष
३१ भाद्र ।
शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि भूमे गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको उपस्थितिमा पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाबाट समग्र ३३ वटै विद्यालयको अवस्था र समस्याका बारेमा १/१ जना प्रतिनिधि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले विवरण पेश गर्नुका साथै शैक्षिक सुधारका लागि रचनात्मक सुझाव समेत दिनुभएको थियो ।
भूमे गाउँपालिकाका अध्यक्ष श्री रामसुर बुढा मगरज्यूको पदभार ग्रहणको सुअवसरमा भएको शैक्षिक क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माणलाई मूर्तरुप दिन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा विष्टले जनप्रतिनिधिहरुको कार्यकाल ५ वर्षको मात्र भएपनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएकाले आफ्नो गाउँघरलाई योगदान गर्ने कार्यमा शिक्षकहरु पनि उत्तिकै जिम्मेवार भएको कुरा बताउनु भयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा भूमे गाउँपालिकाका अध्यक्ष श्री रामसुर बुढा मगरज्यूले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण भएकाले आफ्नो कार्यकालमा मानव विकासलाई अझ बढी जोड दिइने बताउनु भयो । मानव विकास भयो भने भौतिक विकास स्वतः हुने र भौतिक विकासबाट पनि मानव विकासमा टेवा पुग्ने भएकाले यी दुवै विकासलाई सन्तुलित गरेमा समृद्धिको सपना साकार पार्न धेरै टाढा नरहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयो- "शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले यो निरन्तर प्रक्रिया हो । यसर्थ, शैक्षिक क्षेत्रको सुधार प्रक्रिया पनि एक पटक गरेर नपुग्ने भएकाले योजना बनाएर निरन्तर कार्यान्वयन गर्नुपर्छ । यसको योजना निर्माणदेखि कार्यान्वयन हुँदै प्रतिफल प्राप्त गर्ने स्थानमा समेत शिक्षक तथा प्रधानाध्यापक र विव्यस अध्यक्ष हुने भएकाले दृढ भिजनयुक्त विव्यस अध्यक्ष, क्षमता र नैतिकताले भरिपूर्ण शिक्षक तथा प्रधानाध्यापक र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय हुने कुरामा कुनै शंका छैन ।" उहाँले गाउँपालिकाभरका विद्यालयहरुमा यथाशीघ्र आइसिटीमा आधारित शिक्षालाई समेत जोड दिइने र सोको गृहकार्य गाउँपालिकाले गरिरहेको बताउनुभयो ।
आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझावको लागि अनुरोध गर्दै सुझाव संकलनलाई थप प्रभावकारी बनाउन गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति श्री नरेन्द्र दाहालको संयोजक्तवमा सबै विव्यस अध्यक्ष र प्रधानाध्यापक सदस्य रहने गरी सुझाव समिति गठन गरिएको छ । सामाजिक विकास समितिका संयोजक एवं ५ नं वडाध्यक्ष श्री टेक प्रसाद बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण गाउँपालिकाका कार्यकारी अधिकृत श्री चन्द्रसिंह श्रेष्ठले गर्नुभएको थियो ।