FAQs Complain Problems

ताजा समाचार

१२ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस सम्पन्न

२१ भाद्र २०७१

भूमे गाउँ कार्यपालिकाको कार्यालय मोराबाङ रुकुम (पूर्व)ले १२ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । मिति २०७५ भाद्र २० गतेका दिन रुकुमेली समाज विकास केन्द्र वातावरण संरक्षण परियोजनासँगको साझेदारीमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो । उक्त र्‍याली कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँ कार्यपालिकाको कार्यालयका कर्मचारी, खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजनाका कर्मचारी, विभिन्न महिला समूहहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजनाको आयोजनामा वन तथा वातावरण संरक्षण सम्बन्धी भाव दर्शाउने तीज गीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । भूमे गाउँपालिकाका अध्यक्ष श्री रामसुर बुढा मगरको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रसिंह श्रेष्ठको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा तीज गीत नृत्य प्रतियोगिता र निबन्ध प्रतियोगिताका उत्कृष्टहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

दिवसलाई प्रचार प्रसार गरी सचेतना फैलाउने उद्देश्यले गाउँपालिकाले "मानव बेचबिखन नियन्त्रण" शीर्षकमा खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । भाद्र ६ गतेदेखि १८ गतेभित्र कार्यालयमा दर्ता हुन आएका निबन्ध मध्ये प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको मूल्याङ्कन बमोजिम प्रथम, दोस्रो, तेस्रो र सान्तना स्थान प्राप्त गर्ने महानुभावहरुलाई नगद पुरस्कार र प्रमाणपत्र समेत व्यवस्था गरिएको थियो । उक्त प्रतियोगितामा भागलिएका निबन्धकारहरु मध्ये तक्सार आवि झुम्लाबाङका प्रधानाध्यापक श्री होमजङ रानाले प्रथम स्थान हासिल गरी रु २५०० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो भने दोस्रो स्थान पनि सोही विद्यालयका शिक्षक बिरजङ बुढा मगरले हासिल गरी रु २००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो । गाउँ कार्यपालिकाको कार्यालयका कम्प्यूटर अपरेटर चन्द्र बहादुर सुनारले सान्त्वना स्थान प्राप्त गरी नगद रु १००० र प्रमाणपत्र प्राप्त गर्नुभयो । 

आर्थिक वर्ष: