ताजा समाचार
सूचना
यस गाउँपालिकाको विभिन्न विद्यालयहरुको लागि तपसिल बमोजिमका विषयहरुमा खुला प्रतियोगिताद्वरा स्वयमंसेवक शिक्षक नियुक्त गर्नु पर्ने भएकोले योग्यता पुगेका नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा दरखास्त अाव्हान गरिन्छ।
गाउँपालिकाको कार्यलयमा आउने अहिलेसम्मकै उच्च पदस्थ व्यक्ति पूर्व प्रधान मन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष श्री रामसुर बुढामगर ।
फोटोः जयमान बुढा मगर
सबै व्यक्तिको आत्मसम्मान सहित बाँच्न पाउन अधिकार सुनिश्चितताको वातावरण सिर्जना गर्न मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुन्छन् । नेपाल र नेपालीलाई स्वतन्त्र र सार्वभौम सम्पन्न बनाउन विभिन्न कालखण्ड, युद्ध तथा संघर्षहरुमा आफ्नो अमूल्य ज्यान आहुति दिने ज्ञातअज्ञात सबै महान शहिदहरुको बलिदानी र त्यागको फलस्वरुप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन र स्वाभिमानी नेपालीका नामले कहलिन पाएका छौं । शहीद दिवसका अवसरमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताहरुले पटक-पटक गर्दै आएका सशस्त्र युद्ध, ऐतिहासिक आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानका गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु प्रति श्रद्धाञ्जली र घाइते, अपाङ्ग सबैलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्र बनाउने शहीदहरुको महान सपनालाई साकार पार्न सबै राजनीतिक दल र पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, शिक्षक, बुद्धिजिवी लगायत आम समुदायले एकपटक छातीमा हात राखेर, नेपाली धर्तीको माटो समाएर, तेरो-मेरो भन्ने भावनाबाट मुक्त भएर राष्ट्र निर्माण र राज्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका निर्माण गर्न गाउँपालिकाबासी सबैमा विशेष अपिल समेत गर्दछु ।
रामसुर बुढा मगर
अध्यक्ष, भूमे गाउँपालिका रुकुम (पूर्व) परिवार
मितिः २०७५ साल माघ १६ गत्ते