FAQs Complain Problems

ताजा समाचार

सूचना

गाउँपालिकाको कार्यलयमा आउने अहिलेसम्मकै उच्च पदस्थ व्यक्ति पूर्व प्रधान मन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष श्री रामसुर बुढामगर । 

फोटोः जयमान बुढा मगर

दस्तावेज:
मिति: 02/19/2019 - 19:13

सबै व्यक्तिको आत्मसम्मान सहित बाँच्न पाउन अधिकार सुनिश्चितताको वातावरण सिर्जना गर्न मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुन्छन् ।  नेपाल र नेपालीलाई स्वतन्त्र र सार्वभौम सम्पन्न बनाउन विभिन्न कालखण्ड, युद्ध तथा संघर्षहरुमा  आफ्नो अमूल्य ज्यान आहुति दिने ज्ञातअज्ञात सबै महान शहिदहरुको बलिदानी र त्यागको फलस्वरुप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन र स्वाभिमानी नेपालीका नामले कहलिन पाएका छौं । शहीद दिवसका अवसरमा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताहरुले पटक-पटक गर्दै आएका सशस्त्र युद्ध, ऐतिहासिक आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानका गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु प्रति श्रद्धाञ्जली र घाइते, अपाङ्ग सबैलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु । 

दिगो आर्थिक विकास सहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्र बनाउने शहीदहरुको महान सपनालाई साकार पार्न सबै राजनीतिक दल र पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, शिक्षक, बुद्धिजिवी लगायत आम समुदायले एकपटक छातीमा हात राखेर, नेपाली धर्तीको माटो समाएर, तेरो-मेरो भन्ने भावनाबाट मुक्त भएर राष्ट्र निर्माण र राज्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका निर्माण गर्न गाउँपालिकाबासी सबैमा विशेष अपिल समेत गर्दछु । 

 

रामसुर बुढा मगर

अध्यक्ष, भूमे गाउँपालिका रुकुम (पूर्व) परिवार

मितिः २०७५ साल माघ १६ गत्ते

दस्तावेज:
मिति: 01/30/2019 - 00:18

कुनै पनि विपद् पूर्व सूचना दिएर वा बाजा बजाएर आउँदैन । मानवीय जीवनमा कुनै न कुनै विपद्को सामना गरिरहनै पर्छ । धेरैजसो विपद्का कारण मानव हामी स्वयं नै हुन्छौं । त्यसमध्ये भूकम्प पनि एक प्रकोप जो जसले ठूलो जनधनको क्षति गर्दछ । हालसम्म भूकम्प कहिले कुन ठाउँमा कतिबेला जान्छ भन्ने कुरा हालसम्म पूर्वानुमान गर्न सकिएको छैन । भूकम्पले आफै ज्यान लिँदैन तर हामीले बनाएको संरचना कमजोर हुँदा भूकम्पको कारण ठूलो जनधनको क्षति हुने गर्दछ । तसर्थ, हामी सबैले बेलैमा ध्यान पुर्‍याउन सकेको खण्डमा हामी र हाम्रो पुस्ताको सुरक्षित जीवनयापनमा टेवा पुग्न सक्छ । सडक, पुल, गेट, घर लगायतका संरचना पटक पटक बनाइँदैन । यी संरचना निर्माण गर्दा आज हामीले थोरै लोभ गर्दा भोलि हामी र हाम्रो पुस्ताको ज्यान नै खतरामा पर्न सक्ने भएकाले भौतिक संरचना निर्माण गर्दा सबैले भूकम्प प्रतिरोधी संरचना अर्थात निर्माण आचारसंहिताको पालना गरौं र गर्न लगाई सबैको जीवन सुरक्षित बनाउन योगदान पुर्‍याओं । भूकम्प प्रभावित र पीडितको समाचार नबनौं । सबैले भवन निर्माण गर्दा अनिवार्य रुपमा भवन संहिता पालना गरौं । कुनै द्विविधा भएमा वा जानकारी आवश्यक परेमा गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गरी सुरक्षित संरचना निर्माण गरौं । यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा "विपद्‍बाट सुरक्षित हुने नागरक अधिकारःपूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार" भन्ने नारालाई सार्थक पारौं । भूकम्प सुरक्षा दिवसको शुभकामना !!!

 

रामसुर बुढा मगर

गाउँपालिका अध्यक्ष

भूमे गाउँपालिका, रुकुम (पूर्व)

दस्तावेज:
मिति: 01/16/2019 - 15:23

भूमे गाउँपालिकामा कार्य क्षेत्र भएका गैरसरकारी संघसंस्थाहरुको प्रोफाइल अद्यावधिक गर्ने प्रयोजनार्थ यस गाउँपालिका र अन्तरगतका वडाहरुमा कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संघसंस्थाहरुले संलग्न फाराम भरी गाउँ कार्यपालिकाको कार्यालय खाबाङबगर वा इमेल ठेगाना cao.bhumemun@gmail.com, bhumemun@gmail.com मा पठाई सहयोग गरिदिनु हुन अनुरोध छ । 

 

चन्द्रसिंह श्रेष्ठ

प्रमुख प्रशासकीय अधिकृत

दस्तावेज:
मिति: 12/30/2018 - 00:27

Pages