FAQs Complain Problems

ताजा समाचार

सूचना

भूमे  गाउँपालिकाले मासिक बुलेटिन प्रकाशन गर्ने तयारी भैरहेकोले उक्त बुलेटिनमा लेख रचना समावेश गर्न इच्छुक लेखकहरुबाट मिति २०७५।०५।३० गतेभित्र स्थानीय तह तथा विकास लगायत आर्थिक सामाजिक राजनीतिक पर्यावरणीय विषयका साथै विविध खोजमूलक ज्ञानबर्द्धक लेख रचनाको लागि अनुरोध गरिएको । प्रकाशनको लागि पठाइने लेख रचनाहरु नेपालीमा भए प्रीति फन्टमा टाइप गरी १४ साइजको वा युनिकोड १२ साइजको तथा अङ्ग्रेजीमा भए Times and New Roman मा टाइप गरी १२ साइजमा टाइप गरिएको हुनुपर्नेछ । लेख रचनाहरु इमेल मार्फत bhumemun@gmail.com वा css.com.np@gmail.com मा अथवा हार्ड कपिमा भए गाउँ कार्यपालिकाको कार्यालय मोराबाङ रुकुम (पूर्व) मा पठाउन सकिनेछ । यस विषयमा थप जानकारीका लागि ९८५७८२४२३२ वा ९७४८१५४४१४ मा समेत सम्पर्क गर्न सकिनेछ ।

 

भूमे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मोराबाङ, रुकुम (पूर्व)

दस्तावेज:
मिति: 09/12/2018 - 01:19

काठमाडौं– रूकुम (पूर्व)को भूमे गाउँपालिकाको पर्यटकीय जानकारी समेटिएको पुस्तक ‘भूमे दर्पण’ र तीनवटा वृत्तचित्र एकसाथ सोमबार राजधानीमा सार्बजनिक गरिएको छ। भूमे गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सार्बजनिक गरेका हुन्। 

पर्यटनविज्ञ सुरेन्द्र रानाको पुस्तकमा सिंगो गाउँपालिकाको प्राकृतिक सम्पदा, मगर संस्कृति र जीवनशैली सचित्र चित्रण गरिएको छ। माओवादी जनयुद्धको उद्गमथलो मानिएको भूमे क्षेत्रका जनयुद्धसँग जोडिएका सम्पदा पनि त्यसमा समेटिएको छ। 

‘भूमे गाउँपालिका युद्द पर्यटन अध्ययन केन्द्र मात्रै होइन’, पर्यटनविज्ञ राना भन्छन्, ‘प्राकृतिक र साँस्कृतिक सौन्दर्यको स्वाद चाख्न चाहनेका लागि समेत भूमे सुन्दर गन्तव्य हो।’

कार्यक्रममा तिनै रानाले निर्देशन गरेको ‘हाम्रो भूमे हाम्रो संस्कृति’ र कुमार चौलागाईंले निर्देशन गरेको ‘भूमेको भूगोल’ एवं ‘गुरिल्ला पर्यटन’ वृतचित्र सार्बजनिक गरियो। ‘पुस्तक र वृत्तचित्रले भूमेको प्रवर्द्धनमा गर्न टेवा पुग्नेछ’, गाउँपालिकाका अध्यक्ष रामसुर बुढा भन्छन्, ‘हामी भूमेलाई पर्यटकीय गाउँपालिका बनाउन चाहन्छौं।’  

गाउँपालिकाले पर्यटनबाट समृद्धिका पाइला चाल्न पुस्तक र वृतचित्र निर्माण गरेको हो। सोमबारदेखि नै पर्यटन बोर्डको आँगनमा भूमेका तस्बिर प्रदर्शनी सुरु भएको छ। त्यसमा ज्योति केशरसिंह, अमृत भादगाउँले, आरके अदिप्त गिरी र सुरेन्द्र रानाले खिचेका ३४ वटा तस्बिर छन्। प्रदर्शनी बुधबारसम्म चल्नेछ। 

 

स्रोतः https://nagariknews.nagariknetwork.com/news/55926/

दस्तावेज:
मिति: 09/12/2018 - 01:15

Pages

//