FAQs Complain Problems

ताजा समाचार

सूचना

प्रथम पटक प्रकाशित मिति : २०७६।०७।०८

 

आर्थिक वर्ष २०७५।०७६ मा जिल्ला समन्वय समिति रुकुम (पूर्व) को निर्णयानुसार स्वीकृत प्रारम्भिक वातावरणीय मूल्याङ्कन (IEE) प्रतिवेदन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को घ. (६), उपदफा (४) ञ तथा सोही ऐनको दफा ६४ को उपदफा (१) को च मा व्यवस्था भएबमोजिम भूमे गाउँपालिकाको क्षेत्रभित्रबाट भई आन्तरिक खपत तथा अन्य स्थानीय तह निकासी पैठारीका लागि ढुङ्गा, गिट्टी, बालुवामा आर्थिक वर्ष २०७६।०७७ का लागि आन्तरिक आयसम्बन्धी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले तोकिएको दररेटमा तपशिल बमोजिमको विवरण र शर्तहरुको अधीनमा रही कर दस्तुर शुल्क संकलन गर्नका लागि ठेक्का लिन इच्छुक फर्म, कम्पनी वा व्यक्तिबाट तोकिएको न्युनतम अङ्कमा नघट्‍ने गरी यस कार्यालयबाट जारी गरिएको बोलपत्र खरिद गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

 

तपशिल

बोलपत्र/ठेक्का नं.

नदिजन्य सामाग्री, कर तथा दस्तुर संकलन क्षेत्र

न्युनतम ठेक्का मूल्य रु (मु.अ.क. बाहेक)

बोलपत्र फाराम दस्तुर

संकलन गर्न पाउने अधिकतम परिमाण

०१/२०७६।०७७ -SRM

भूमे गाउँपालिकाभित्र पर्ने सानीभेरी नदीका निम्न क्षेत्रहरु :
बालुवादेखि वाबाङखोलासम्म दक्षिणतर्फको भाग

१०००००। (एक लाख)

रु १५००। (एक हजार पाँच सय मात्र)

५०० घ.मि.

 

शर्तहरु

१) बोलपत्र खरिद गर्न इच्छुक बोलपत्रदाताले मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७६।०७७ सम्मको फर्म नवीकरण, आ.व. २०७५।०७६ को कर चुक्ता प्रमाणपत्र पेश गरी सूचना प्रकाशन भएको मितिले १५ औं दिनसम्म कार्यालय समयभित्र यसै कार्यालयबाट वा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड भूमे शाखास्थित यस कार्यालयको नाममा रहेको सञ्चित कोष खाता नं. ०७८०१००००००२९२०१ मा बोलपत्र खरिद दस्तुर जम्मा गरी कार्यालयबाट बोलपत्र खरिद गरी १६ औं दिनको दिउँसो १२ बजेभित्र कार्यालयमा पेश गरिसक्नुपर्नेछ । रितपूर्वक कार्यालयमा पेश भएका बोलपत्रहरु १६ औं दिनको दिउँसो ३:००  बजे खोलिनेछ । बोलपत्रदाताहरु वा निजका प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खरिद एवं दाखिला गर्ने अन्तिम दिन सार्वजनिक बिदाको दिन परेमा सो लगत्तै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ ।

२) बोलपत्र फाराम साथ धरौटीवापत मूल्य अभिवृद्धि कर समेत कूल कबोल अङ्कको ५ (पाँच) प्रतिशतले हुने रकम जमानत स्वरुप यस कार्यालयको नाममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड भूमे शाखास्थित यस कार्यालयको नाममा रहेको धरौटी खाता नं. ०७८०१००००००३०२०१ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्नेछ ।

३) आ.व. २०७६।०७७ का लागि कर संकलन अवधि सम्झौतामा उल्लेख भएको मितिदेखि २०७७ जेठ मसान्तसम्मको हुनेछ ।

४) बोलपत्रदाताले नेपाल सरकारका प्रचलित कानून, ५ नं. प्रदेश कानून तथा भूमे गाउँपालिकाबाट जारी भएका स्थानीय कानूनहरुको परिपालना गर्नुपर्नेछ ।

५) बोलपत्र स्वीकृत भई सम्झौता भएपश्चात कुनै किसिमको थप छूट, मिनाहा वा माफी दिइने छैन ।

६) कूल कबोल अङ्कलाई बढीमा २ किस्तामा कायम गरिनेछ । पहिलो किस्तावापत कूल कबोल अङ्कको  ५०% प्रतिशत रकम सम्झौता हुनु अगावै र बाँकी अन्तिम किस्तावापतको रकम २०७६  माघ मसान्तभित्रै बुझाइसक्नुपर्नेछ । कूल कबोल अङ्कको एकमुष्ट रकम सम्झौताको समयमा अग्रिम समयमा नै अग्रिम बुझाएमा औचित्य हेरी कबोल अङ्कको मूल्य अभिवृद्धि करबाहेकको १०% सम्म छुट दिन सकिनेछ ।

७) बोलपत्रमा कबोल रकम अङ्क र अक्षर दुवैमा स्पष्ट र अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ। केरमेट भएमा केरमेट भएको ठाउँमा अनिवार्य रुपमा हस्ताक्षर गरेको हुनुपर्नेछ ।

८) यस कार्यालयको छाप र प्रमाणित नभएको बोलपत्र फारामलाई मान्यता दिइने छैन ।

९) म्याद नाघेका वा रित नपुगेका बोलपत्र फारामउपर कुनै कारबाही हुने छैन । कार्यालयलाई सेवा शुल्क तथा कर तिर्न बुझाउन बाँकी भएका फर्म, कम्पनी वा व्यक्तिले बोलपत्रमा प्रक्रियामा भाग लिन पाउने छैन ।

१०) यस सूचनामा उल्लिखित शर्तहरुका अतिरिक्त सम्झौतापत्रमा उल्लेख भएबमोजिमका शर्तहरु र अन्य विषयको हकमा प्रचलित  कानूनबमोजिम हुनेछ ।

११) यस गाउँपालिकाको हितलाई मध्यजनर गर्दै बोलपत्र स्वीकृत गर्ने वा नगर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

१२) थप जानकारीका लागि मोबाइल नं. ९८०८५०२०२३, ९८०८२२४२५६ मा सम्पर्क गर्न सकिनेछ ।

 

प्रमुख प्रशासकीय अधिकृत

 

 

मिति: 10/27/2019 - 15:20

श्री स्वास्थ्य चौकी सबै । 

 

तहाँ स्वास्थ्य चौीकी अन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेवकहरुको विवरण संलग्न ढाँचामा छिटो माध्ययमबाट तुरुन्त पठाउने व्यवस्था मिलाउन हुन अनुरोध छ 

दस्तावेज:
मिति: 10/15/2019 - 23:18

श्री वडा कार्यालय ९ सबै

श्री स्वास्थ्य चौकी ५ सबै । 

श्री सामुदायिक विद्यालयहरु ३३ सबै । 

श्री सामुदायिक स्वास्थ्य इकाई ३ सबै । 

श्री बैंक/वित्तीय संस्था/सहकारी सबै

श्री गैसस/स्थानीय यूवा क्लब/संस्थाहरु सबै । 

 

भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०७५।०५।३१ को प्नंस्ताव नं. ९ को निर्णायानुसार नेपालको संविधान जारी भएको दिनको अवसरमा आगामी असोज ३ गते पर्ने संविधान दिवसलाई भूमे गाउँपालिकामा हर्षोउल्लासका साथ भव्य रुपमा मनाउने निर्णयानुसार देहाय बमोजिमका कार्यक्रमहरु तय गरिएकाले गाउँपालिका अन्तर्गतका सबै कार्यालय, संघ संस्था तथा आम भूमे गाउँपालिकाबासीहरुमा आआफ्नो ठाउँबाट भूमिका निर्वाह तथा सहभागिताका लागि हार्दिक अनुरोध छ । 

  1. असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालय तथा आम सर्वसाधारणको घरघरमा दिपावली गर्ने,
  2. मिति २०७६।०६०।०३ बिहान सम्बन्धित कार्यालयहरुमा कार्यालय परिसर सरसफाई तथा विविध कार्यक्रम गर्ने,  
  3. कार्यक्रम वापत प्रति कार्यालय अधिकतम् २००० सम्मको खर्च स्वीकृत गर्ने ।

 

प्रमुख प्रशासकीय अधिकृत

 

संविधान दिवस सम्बन्धी नेपाल सरकार गृह मन्त्रालयद्वारा तयार गरिएको Audio / Visual सामाग्री 

https://bit.ly/2lTtdBm             -Banner

https://bit.ly/2lQGg6B            -Video

https://bit.ly/2lTb9ay    -Audio Jingle

 

 

दस्तावेज:
मिति: 09/18/2019 - 23:22

उपर्युक्त सम्बन्धमा भूमे गाउँपालिकाको विधेयक समितिको मिति २०७६।०४।०८ को निर्णयानुसार निम्न मिति र समयमा भूमे गाउँपालिकाको यूवा विकास केन्द्र सम्बन्धी कार्यविधिको मस्यौदा उपर समितिका पदाधिकारीहरुद्वारा विभिन्न मिति र समयमा संकलन गरेको सुझाव तथा सम्बन्धित विषयउभर गाउँपालिकास्तरीय खुला छलफलका लागि यहाँलाई आमन्त्रण गरिएको छ । उक्त छलफलमा सहभागी भई यूवा विकास केन्द्र र सोको कार्यविधि सम्बन्धमा आफ्नो अमूल्य सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध छ ।          

 

 

तपसिलः

मितिः २०७६ भाद्र ३० गते

समयः बिहान ११ बजे

स्थानः भूमे गाउँपालिकाको सभाहल ।       

दस्तावेज:
मिति: 09/14/2019 - 10:55

श्री आन्तरिक राजस्व कार्यालय

सम्बन्धित सबै । 

प्रस्तुत विषयमा आर्थिक वर्ष २०७५।०७६ मा यस कार्यालय र विभिन्न उपभोक्ता समितिहरु मार्फत निम्न फर्महरुबाट कारोबार हुँदा निम्नानुसार अग्रीम आय कर कट्टी र मूल्य अभिवृद्धि कर भुक्तानी दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ । 

 

दस्तावेज:
मिति: 09/05/2019 - 14:09

Pages