FAQs Complain Problems

ताजा समाचार

सूचना

भूमे गाउँ कार्यपालिकाको मिति २०७४ असार २७ गते बसेको पहिलो बैठकको निर्णयानुसार नयाँ वडाहरुको केन्द्र तोक्न र कर्मचारी व्यवस्थापन गर्न गाउँपालिका उपाध्यक्ष श्री मनकुमारी बुढा (विष्ट)ज्यूको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले मिति २०७४।०४।०२ गते गाउँपालिका अध्यक्ष श्री रामसुर बुढा मगरज्यूसमक्ष पेश गरेको थियो । उक्त प्रतिवेदनमा समावेश सिफारिश तथा सुझावहरुको कार्यान्वयनलाई मिति २०७४।४।१५ मा बसेको गाउँ कार्यपालिकाको दोस्रो बैठकले अनुमोदन गरेको थियो । 

मिति: 09/09/2017 - 00:25

भूमे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मोराबाङ, रुकुम

५ नं. प्रदेश, नेपाल

bhumemun@gmail.com, www.bhumemun.gov.np

 

Backhoe Loader खरिदको लागि क्याटलग/ब्रोसर पेश गर्न आव्हान गरिएको सार्वजनिक सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०७४/०५/३०

यस कार्यालयका लागि १ (एक) वटा Backhoe Loader खरिद गर्नुपर्ने भएकाले बिक्री गर्न चाहने उत्पादक कम्पनी वा त्यसको आधिकारिक बिक्रेताबाट Backhoe Loader बिक्री गर्न नेपाल सरकारको सम्बन्धित निकायबाट प्राप्त भएको अनुमति पत्र, सो को अद्यावधिक नवीकरण भएको पत्र, स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०७३/०७४ सम्मको कर चुक्ता प्रमाणपत्र, हालसम्म आपूर्ति गरेको Backhoe Loader को विवरण, अनुभवको प्रमाणपत्र, उत्पादनको आधिकारिक स्पेशिफिकेशन, गुणस्तर, मूल्य र सुविधा सहितको विवरण (क्याटलग/ब्रोसर) संलग्न राखी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र कार्यालय समयभित्र यस कार्यालयमा निवेदन दर्ता गराउनु हुन सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(ख) को प्रयोजनार्थ यो सार्वजनिक सूचना आव्हान गरिएको छ ।

कार्यकारी अधिकृत

 

दस्तावेज:
मिति: 09/08/2017 - 23:49

Pages