FAQs Complain Problems

ताजा समाचार

सूचना

भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा ६७ औं विश्व कुष्ठ रोग दिवस मनाइएको छ । हरेक वर्षको जनवरी २६ मा कुष्ठ रोगको रोकथामका लागि यस वर्ष माघ १३ मा पनि कुष्ठरोग सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले भूमे गाउँपालिकामा यो कार्यक्रम मनाइएको हो । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई कुष्ठ रोग रोकथाम तथा यसबाट बच्ने उपायका बारेमा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र यादवले सहजीकरण गर्नुभएको थियो । कुष्ठरोगका बारेमा समाजमा व्याप्त भ्रम चिर्ने तथा जोगिने उपायबारे सचेतना जगाउन माघ १३ देखि १ हप्तासम्म रेडियो पूर्वी रुकुमबाट समेत जनचेतनामूलक सन्देश प्रशारण गर्ने व्यवस्था मिलाइएको छ ।

दस्तावेज:
मिति: 01/26/2020 - 22:06

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत भूमे गाउँपालिकाको वडा नं. १ का १२ जना अतिविपन्न व्यक्तिहरुलाई चिसोबाट बच्न न्यानो कम्बल (ब्लाङ्केट) वितरण गरिएको छ । मिति २०७६।१०।१३ गतेका दिन भूमे गाउँपालिका वडा नं. १ लुकुमस्थित हातेमालो महिला भवनको हलमा गाउँपालिका अध्यक्ष श्री रामसुर बुढा मगरको हातबाट विपन्न व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, प्रहरी नायब उपरीक्षक गजसिद्धि बज्रचार्य, रुकुमकोट जिल्ला अदालतका स्रेस्तेदार, जिल्ला सहन्यायाधिवक्ता हरिबहादुर पुन, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, वैतनिक वकिल किरण गौतम, वडा नं १ का वडाध्यक्ष रामचन्द्र पुन, सिद्धचौर माद्यामिक विद्यालय लुकुमका प्रधानाध्यापक रामबहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।

वडा नं. १ मा न्यानो कपडा ब्लाङ्केट पाउने व्यक्तिहरुको नामावलीः

क्र.सं.
नाम थर
उमेर
लिङ्ग


 
 
 


 
 
 


 
 
 


 
 
 


 
 
 


 
 
 


 
 
 


 
 
 


 
 
 

१०
 
 
 

११
 
 
 

१२
 
 
 

 

दस्तावेज:
मिति: 01/26/2020 - 21:54

जिल्ला सरकारी वकील कार्यालय रुकुम (पूर्वी भाग) को आयोजना तथा श्री सिद्धचौर माद्यामिक विद्यालय लुकुमको व्यवस्थापनमा भूमे गाउँपालिका वडा नं. १ स्थित हातेमालो महिला भवनको हलमा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्री सिद्धचौर माद्यामिक विद्यालय लुकुममा अध्ययनरत छात्रछात्रा, स्थानीय यूवा तथा वुद्धिजिवी सहभागी उक्त कार्यक्रमको सहजीकरण प्रहरी नायब उपरीक्षक श्री गजसिद्धि बज्रचार्य, जिल्ला अदालतका श्रेस्तेदार, निमित्त जिल्ला सहन्यायाधिवक्ता र वैतनिक वकिलले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुबाट बालविवाह, फौजदारी मुद्दा तथा देवानी मुद्दामा कसुर तथा सजाय सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जिज्ञासा राख्नुका साथै स्थानीय तहको विकास, पारदर्शिता, उत्तरदायित्व र विद्यार्थीहरुले कानून विषयमा उच्च शिक्षा हासिल गर्दा हुने चुनौति र अवसरका बारेमा समेत जिज्ञासा भएको थियो । प्रश्नको उत्तरको सहजीकरणमा जिल्ला सहन्यायाधिवक्ता हरिबहादुर पुन मगरले कानून बनाउँदा लेखिइसकिएपछि कानूनी व्यवस्थाको संशोधन नभएसम्मको अवधिसम्म व्यवस्था भए बमोजिमको कानून कार्यान्वयन र परिपालना हामी सबैको कर्तव्य हुने कुरा दोहोर्‍याउँदै सबैले न्याय पाऊन् र अड्डा अदालतको ढोकासम्म कोही कसै पनि नपुगून् भन्ने कामना गर्नुभयो।

जिल्ला सरकारी वकील कार्यालय रुकुम (पूर्व)का निमित्त जिल्ला न्यायाधिवक्ता श्री हरिबहादुर पुन मगरको अध्यक्षतामा रहेको उक्त कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्रचार्य, रुकुमकोट जिल्ला अदालतका श्रेस्तेदार, भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, रुकुमकोट जिल्ला अदालतका वैतनिक वकील किरण गौतम, सिद्धचौर माद्यामिक विद्यालय लुकुमका प्रधानाध्यापक रामबहादुर पुन लगायत स्थानीय वुद्धिजिवी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सरकारी वकिल कार्यालय रुकुम (पूर्वी भाग) का नायब सुब्बाले गर्नुभएको थियो ।

दस्तावेज:
मिति: 01/26/2020 - 21:38

Pages