FAQs Complain Problems

ताजा समाचार

सूचना

विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ को दफा ३ को उपदफा ४ बमोजिम स्थानीय तहको अध्यक्ष वा प्रमुखको संयोजकत्वमा रहेको विपन्न नागरिकलाई औषधी उपचार वापत आर्थिक सहायता सिफारिश समितिले सिफारिश गर्दा प्रयोग हुने फाराम तथा पत्रको व्यवस्थापन प्रणाली हो । 

यो प्रणाली कम्प्यूटर सम्बन्धी सामान्य दख्खल भएका व्यक्तिले पनि चलाउन मिल्ने गरी माइक्रोसफ्ट एक्सेलमा तयार गरिएको छ । यसलाई डाउनलोड गरी कम्प्यूटरमा सेभ गरी Data Entry Sheet मा आवश्यक सूचना प्रविष्ट गरेपछि समितिको बैठकको निर्णय र सिफारिश पत्र स्वतः तयार हुन्छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

or copy this link and paste on your browser.

http://bhumemun.gov.np/sites/bhumemun.gov.np/files/HFMIS.xlsx

दस्तावेज:
मिति: 08/07/2019 - 09:58

यस गाउँपालिका अन्तर्गत सबै कार्यालय तथा शाखाहरुको आर्थिक वर्ष २०७५।०७६ मा सम्पादन गरिएका कामहरुको प्रगति विवरण माग गरिएकोमा कतिपय कार्यालयबाट हालसम्म विवरण प्राप्त नभएकाले संलग्न लिङ्कमा गई तुरुन्त विवरण भरी प्रगति प्रतिवेदन पठाउनु हुन अनुरोध गरिन्छ । 

 

https://docs.google.com/spreadsheets/d/1A-zYMWJz_ZZWnt3h6CKw0j-KFGjl81A7M-0eQgDQ0Ek/edit#gid=0

दस्तावेज:
मिति: 07/26/2019 - 03:09

भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि आगामी आर्थिक वर्ष २०७६/०७७ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित) मा भएको व्यवस्था बमोजिम तपसिलको कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०७४/०७५ को व्यवसाय नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र सहित स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी सहित सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २(क) बमोजिमको ढाँचामा निवेदन दिनु हुन र आर्थिक वर्ष २०७४/०७५ मा यस कार्यालयमा सूची दर्ता गरेका तथा आर्थिक वर्ष २०७५/०७६ मा समेत अद्यावधिक गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. ०७४/०७५ को कर चुक्ता र व्यवसाय नवीकरणको प्रमाणपत्रको फोटोकपी संलग्न गरी नियमानुसार निवेदन दिनु हुन जानकारी गराइन्छ ।

तपसिल

सम्पादन गर्नुपर्ने कामको विवरणः

  1. मसलन्द छपाई तथा कार्यालय सामान आपूर्ति,
  2. फर्निचर तथा फर्निसिङ सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
  3. मेशिनरी औजार (कम्प्यूटर, प्रिन्टर, फोटोकपी, मेशिन आदि) तथा इलेक्ट्रिकल सामान आपूर्ति तथा मर्मत
  4. सवारी साधन (कार, जिप, भ्यान, मोटर साइकल आदि) का पार्ट पूर्जा आपूर्ति तथा मर्मत सम्बन्धी कार्य,
  5. विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धी सेवा,
  6. भवन मर्मत सम्भार एवं निर्माण सम्बन्धी सेवा,
  7. कुरियर सेवा,
  8. प्रशासनिक विषयहरुसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा विभिन्न विषयसँग सम्बन्धित सफ्टवेयर निर्माण/मर्मत तथा आपूर्ति र सूचना प्रविधि सम्बन्धी विभिन्न परामर्श सेवा,
  9. फूलका विरुवा सप्लाई लगायत बगैचा व्यवस्थापन सम्बन्धी कार्य ।

 

प्रमुख प्रशासकीय अधिकृत

दस्तावेज:
मिति: 07/06/2019 - 03:16

भूमे गाउँपालिका, गाउँसभाको बैठकमा  अध्यक्ष श्री रामसुर बुढा मगरज्यूद्वारा मिति २०७६ असार ०२ गते प्रस्तुत भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम

मिति: 06/25/2019 - 22:26

Pages