यस गाउँपालिकाको लागि तपसिल बामोजिमका पदहरुमा खुला प्रतियोगिताद्वारा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा दरखास्त आवह्वन गरिन्छ।
ताजा समाचार
सूचना
हिन्दूहरुको महान् चाड विजय दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकाबासी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
रामसुर बुढा मगर
तथा
समस्त भूमे गाउँ कार्यपालिकाको कार्यालय परिवार
रुकुम (पूर्वीभाग) ५ नं. प्रदेश नेपाल ।
श्री वडा कार्यालय ९ सबै
श्री स्वास्थ्य चौकी ५ सबै ।
श्री सामुदायिक विलालयहरु ३३ सबै ।
श्री सामुदायिक स्वास्थ्य इकाई ३ सबै ।
श्री स्थानीय यूवा क्लब/संस्थाहरु सबै ।
भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०७५।०५।२२ को निर्णायानुसार नेपालको संविधान जारी भएको दिनको अवसरमा आगामी असोज ३ गते पर्ने संविधान दिवसलाई भूमे गाउँपालिकामा हर्षोउल्लासका साथ भव्य रुपमा मनाउने निर्णयानुसार देहाय बमोजिमका कार्यक्रमहरु तय गरिएकाले गाउँपालिका अन्तर्गतका सबै कार्यालय, संघ संस्था तथा आम भूमे गाउँपालिकाबासीहरुमा आआफ्नो ठाउँबाट भूमिका निर्वाह तथा सहभागिताका लागि हार्दिक अनुरोध छ ।
१. दीप प्रज्वलनः मिति २०७५ साल असोज २, ३ र ४ गतेका दिन सबै वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरु र आम गाउँपालिकाबासीहरुले घर घरमा साँझ दिपावली गर्ने ।
२. सरसफाई तथा वृक्षारोपनः मिति २०७५ साल असोज २ गतेका दिन सबै वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालय र सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रम तथा स्थानीय प्रजातिको वृक्षारोपन गर्ने ।
३. प्रभातफेरि तथा अन्तरक्रियाः मिति २०७५ साल असोज ३ गते गाउँ कार्यपालिकाको कार्यालय सिमामा गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजिवी, स्थानीयबासी सहभागी भई प्रभातफेरि तथा दिउँसो अन्तरक्रिया कार्यक्रम गर्ने ।
प्रमुख प्रशासकीय अधिकृत